नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या १००९९ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ५३८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार नाघेको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ भने संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या २२२४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ९० महिला र ४४८ पुरुष गरी थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा ७६ जना आइसोलेसनबाट डिस्चार्ज भएको पनि उनले जनाएका छन् । पछिल्लो पटक दैलेखका ४५ वर्षिय कोरोना संक्रमित क्षयरोग र दमको बिरामी पुरुषको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या २४ पुगेको पनि प्रा.डा. गौतमले बताए ।
यतिबेला ७ हजार ८ सय ५१ संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ४ हजार ९ सय ९५ र हालसम्म कूल १ लाख ८६ हजार ३ सय ६६ जनाको परीक्षण भएको प्रवक्ता गौतमको भनाइ छ । यतिबेला देशभर गरी ८५ हजार ८ सय १३ जना क्वारेन्टाइनमा छन् ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/1120665151642190/