राजधानी काठमाडौं उपत्यकाका ९ जनामा बिहीबार एकै दिन कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार काठमाडौं र भक्तपुरका ४/४ जना तथा ललितपुरका १ जनामा कोरोनाभाइरस पुष्टि भएको हाे ।
बिहीबार पुष्टि भएका उपत्यकाका ९ संक्रमितमध्ये भक्तपुरका ३ पुरुष र १ महिला, काठमाडौंका २ पुरुष र २ महिला तथा ललितपुरका एक पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
याे पनि पढ्नाेस्–
११,१६२ पुगे संक्रमित : बिहीबार थपिए ४३४, कूल डिस्चार्ज २,६५०, मृतक २६ पुगे (भिडियोसहित)