newskoseli.Com

१३,५६४ पुगे संक्रमित : उपत्यकामा १४ सहित मंगलबार थपिए ३१६, डिस्चार्ज हुनेकाे कूल संख्या ३,१९४ (भिडियाेसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या १३,५६४ पुगेको छ । राजधानी उपत्यकामा मात्रै हजार आसपास संक्रमित संख्या पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या ३,१९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभर थप ३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यीमध्ये काठमाडौंका १२ र भक्तपुर तथा ललितपुरका १–१ गरी राजधानी उपत्यकाका १४ जना रहेका छन् । पछिल्ला संक्रमितमा ७१ महिला तथा २४५ पुरुष रहेको जानकारी प्रवक्ता गौतमले दिएका छन् ।

पछिल्लो २४ घन्टामा ९ महिला र ५१ पुरुष गरी ६० जना आइसोलेसनबाट डिस्चार्ज भएको र डिस्चार्ज हुनेको कूल संख्या ३,१९४ पुगेको जानकारी प्रा.डा. गौतमले दिएका छन् । पछिल्लो २४ घन्टामा ४,७११ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको र यस विधिबाट हालसम्म कूल २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको उनको भनाइ छ ।

यतिबेला देशभर गरी ५३ हजार ७० जना क्वारेन्टाइनमा रहेको र १० हजार ३ सय ४१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/271554880845992/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर