नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १४,०४६ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ४,६५६ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।
चैत ११ देखि सरकारले लागू गरेको लकडाउनको १००औं दिन पूरा भएकै दिन बुधबार मात्र ११७ महिला र ३६५ पुरुष गरी थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइसोलेसनमा उपचाररत संक्रमितमध्ये पछिल्लो २४ घन्टामा १४६२ जना डिस्चार्ज गरिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । अछामका ४५ वर्षीय पुरुषको असार १४ मा मृत्यु भएको र उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयले बुधबार गराएको हो ।
भिडियाेमा हेर्नाेस् प्रा.डा. गाैतमकाे ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/906675916468183/