नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या साढे १४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १०९ महिला र ३६४ पुरुष गरी थप ४७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १४,५१९ पुगेको छ ।
बिहीबारको नियमित मेडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार ललितपुरका २, भक्तपुरका २ र काठमाडौंका २८ सहित पछिल्लो २४ घन्टामा देशभर ४७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।
यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा ६,६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कूल संख्या ५,३२० पुगेको छ । ४९ दिने शिशुको समेत कोरोना संक्रमणबाट मृत्यु भएको प्रा.डा. गौतमले बिहीबार पुष्टि गरेका छन् । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।
पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ४,५३७ जनाको परीक्षण गरिएको प्रवक्ता गौतमले जनाएका छन् । उनका अनुसार हालसम्म कूल २ लाख ३७ हजार ७ सय ६४ जनाको पीसीआर परीक्षण भैसकेको छ । यतिबेला देशभरका विभिन्न क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना छन् भने १० हजार १ सय ३७ जना संक्रमितहरु आइसोलेसना उपचाररत छन् ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/698338294351844/