लकडाउनको मारमा परेका संस्थागत विद्यालयका शिक्षक–शिक्षिकाहरुले आफ्नो जीविका र रोजीरोटीको सुनिश्चितता गर्न माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन गरे ।
एकातिर रोजगारी नै खोसिने सम्भावना बढ्दै गैरहेको र अर्कातिर चैतदेखि सुरु लकडाउन अझै कहिलेसम्म रहने भन्ने अनिश्चितताका बीच कक्षा सञ्चालन, पठनपाठन र विद्यार्थी भर्ना एवं शुल्क असुली रोकिँदै आएको अवस्थामा अधिकांश निजी विद्यालयका शिक्षक–शिक्षिकाले पारिश्रमिक नपाएको कठिन अवस्था विद्यमान छ ।
संस्थागत विद्यालयका शिक्षक–शिक्षिकाहरुको यो गम्भीर समस्याबारे सरोकारवालाहरू र मुख्यतः सरकारको ध्यानाकर्षण गराउन उनीहरुले शुक्रबार दिउँसो माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।