नेपालमा कोरोनाभाइरसका संक्रमित १५,४९१ पुगेका छन् । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ६,४१५ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप २३२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २७२ जना आइसोलेसनबाट डिस्चार्ज भएको पनि प्रवक्ता गौतमले बताए । कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको पनि मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।
प्रा.डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा ४०५० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । सार्क राष्ट्रहरुमध्ये भारत, श्रीलंका र पाकिस्तानभन्दा प्रति १० लाखमा कोरोना परीक्षणदरका हिसाबले नेपाल नै अगाडि रहेको समेत प्रवक्ता गौतमको भनाइ छ । यतिबेला देशभरका विभिन्न क्वारेन्टाइनमा ३३ हजार १ सय २५ जना छन् भने आइसोलेसनमा ९ हजार ४२ जना उपचाररत छन् ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/402179377396286/