newskoseli.Com

१६,१६८ पुगे संक्रमित : काठमाडौंका २८ सहित थपिए २०४, कूल डिस्चार्ज ७,४९९ (भिडियाेसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १६,१६८ पुगेको छ । पछिल्लो २४ घन्टामा राजधानी उपत्यकाका २८ सहित देशभर २०४ जनामा कोरोनाभइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १६ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा उपचाररतमध्ये पछिल्लो २४ घन्टामा ६८८ जना डिस्चार्ज भएका छन् । यो विवरणसँगै डिस्चार्ज हुनेको कूल संख्या ७,४९९ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाभाइरसको पुष्टि भएकामध्ये ३५ जनाको ज्यान गैसकेको छ । यतिबेला ८, ६३४ जना आइसोलेसनमा उपचाररत छन् । अघिल्लो साताको तुलनामा नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/630507107564138/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर