newskoseli.Com

नेकपा विवाद : २ दिन पछि सर्‍यो स्थायी कमिटी, अकस्मात बोलाइयो सचिवालय बैठक

शीर्ष नेतृत्वपंक्तिमा चरम विवाद सिर्जना भई विभाजनको डिलमा पुगेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शुक्रबारका लागि तय भएको स्थायी कमिटीको बैठक २ दिन पछि धकेलिएर आइतबार मात्र बस्ने गरी सारिएको छ । यसैबीच शनिबार दिउँसो ३ बजे बस्ने गरी अकस्मात सचिवालयको बैठक बोलाइएको छ ।

अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच शुक्रबार भएको छलफलका क्रममा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो । अध्यक्षद्वयले शुक्रबारको स्थायी कमिटी बैठक स्थगित गरेर आइतबार बस्ने पनि सहमति गरेका छन् । शनिबार सचिवालय बैठक बोलाइएको जानकारी प्राप्त भएको तर एजेन्डाबारेमा केही पनि थाहा नपाइएको नेताहरुले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर