newskoseli.Com

उपत्यकाका ६ सहित १३९ मा कोरोना : कूल संक्रमित १८७५२, डिस्चार्ज १३७५४, मृतक ४८ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८,७५२ पुगेको छ । यीमध्ये १३,७५४ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र ४८ जनाको मृत्यु भएको छ भने ४,९५० जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा उपत्यकाका ६ सहित देशभर थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारको नियमित मेडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार ललितपुरका ३ र काठमाडौंका ३ सहित देशका विभिन्न ठाउँमा गरी १३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि संक्रमण पुष्टि भएर विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररतमध्ये पछिल्लो २४ घन्टामा ६२६ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमित थप ३ जनाको मृत्यु भएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार प्रदेश– १ मा १९५, प्रदेश– २ मा १९११, बागमती प्रदेशमा ४०२ र गण्डकी प्रदेशमा २४४ जना, प्रदेश– ५ मा ३५३, कर्णाली प्रदेशमा ३७५ र सुदूरपश्चिम प्रदेशमा १,७४० जना संक्रमित आइसोलेसनमा उपचाररत छन् । यतिबेला १६,३७१ जना क्वारेन्टाइनमा छन् ।

भिडियोमा हेर्नोस् प्रा.डा. गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/3318443741540318/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर