नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार संक्रमितको संख्या २०,०८६ पुगेको छ भने यीमध्ये १४,४९२ डिस्चार्ज भएका छन् भने ५६ को मृत्यु भैसकेको छ । यतिबेला ५,५३८ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण गर्दाथप ३१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा विभिन्न अस्पतालको आइसोलेसनबाट ९३ जना डिस्चार्ज भएका छन् ।
शनिबार संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी कैलालीक ९८ जना, बझाङका ६८, पर्साका ६६, अछामका २८, इलामका २२, कञ्चनपुरका ९, सप्तरीका ७, काठमाडौं र सिरहाका ५–५, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २–२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका १–१ जना रहेकाे मन्त्रालयले जनाएकाे छ ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/580764012800863/