newskoseli.Com

काठमाडौंमा ३१ सहित २४६ मा कोरोना : २०३३२ संक्रमित, १४६०३ डिस्चार्ज, ५७ को मृत्यु (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २०,३३२ पुगेको छ । यीमध्ये ५७ जनाको मृत्यु भैसकेको छ भने १४,६०३ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गएका छन् । यतिबेला ५,६७२ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा ८,८३१ जनाको पीसीआर परीक्षण गर्दा राजधानी उपत्यकाका ३१ सहित देशभरबाट २४६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ गरी पछिल्लो २४ घन्टामा उपत्यकाकै ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा उपचाररत रहेकामध्ये पछिल्लो २४ घन्टामा १११ जना डिस्चार्ज भएर आ–आफ्नो घर गएका छन् । आइतबार पुष्टि गरिएका संक्रिमितहरुमा सबैभन्दा धेरै पर्साका ८१, धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०–१०, ललितपुर र स्याङ्जाका ८–८, महोत्तरी र कास्कीका ५–५, नवलपुर र लमजुङका ३–३, सर्लाही, रौतहट र तनहुँका २–२ तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका १–१ जना रहेको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/621320988763524/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर