newskoseli.Com

रातिदेखि भारी वर्षा, केही दिन कामयै रहने : सतर्कता अपनाउन आग्रह

मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणी क्षेत्रतर्फ आइपुगेको छ । त्यसैको प्रभावस्वरुप देशका अधिकांश भूभागको मौसममा समान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश– १ र प्रदेश– २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा वर्षा भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार बिहान ५ः३० बजे रेकर्ड गरिएको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बर्दियाका धेरैजसो स्थानमा शनिबार रातिदेखि भारी वर्षा भएको छ । टीकापुर र आसपासका क्षेत्रमा डुबानको उच्च जोखिम रहेको भन्दै कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली र चौधर नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश– १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आइतबार राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश– १, गण्डकी प्रदेश, प्रदेश– ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुका साथै प्रदेश– २ र बागमती प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर