नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २२,९७२ पुगेको छ । यीमध्ये ७५ जनाको मृत्यु भैसकेको छ भने १६,३५३ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ सहित देशभर ३८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जना गरी राजधानी उपत्यकामा कोरोनाभाइरसका संक्रमितको कूल संख्या १ हजार १ सय ३६ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ४० जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।
मन्त्रालयले जनाएअनुसार यतिबेला प्रदेश– १ मा ५ सय ११, प्रदेश– २ मा ३ हजार ७५, बागमती प्रदेशमा १ हजार १ सय ३१, गण्डकी प्रदेशमा २ सय ३७, प्रदेश– ५ मा ४ सय ४६, कर्णाली प्रदेशमा १ सय ६९ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७४ गरी देशभर ६ हजार ५ सय ४४ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।
यतिबेला ११ हजार ३८ जना देशभरका विभिन्न क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घन्टामा ८ हजार ५ सय १५ र हालसम्म जम्मा ४ लाख ४३ हजार ८ सय ४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/690062894925109/