सोमबार बिहानै राजधानीको नयाँ बानेश्वरमा गम्भीर सवारी दुर्घटना भएको छ । मिनभवनस्थित सिभिल अस्पतालको गेटतर्फबाट सडक पार गर्न लागेको स्कुटीलाई तीनकुनेतिरबाट आएको मिनीबसले ठक्कर दिँदा दुई जनालाई गम्भीर चोट लागेको छ ।
बा १ ख ८९२३ नम्बरको बसले लु ५२ प ८८०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटीका चालक पुरुष र पछाडि बस्ने महिला घाइते भएका हुन् । बिहान सवा नाै बजे भएकाे उक्त दुर्घटनाका घाइतेमध्ये महिलाको अवस्था अझ बढी गम्भीर रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइतेहरूलाई सिभिल अस्पतालकाे इमर्जेन्सीमा लगिएकाे छ भने मिनीबस र स्कुटीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।