newskoseli.Com

काठमाडौंमा १६८ सहित ५८१ मा कोरोना : १०७ को मृत्यु, २७२४१ संक्रमित, १७४९५ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २७,२४१ पुगेको छ । यीमध्ये १०७ जनाको मृत्यु भैसकेको छ, १७,४९५ डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् र ९,६३९ जना विभिन्न अस्पताल तथा घरमै समेत आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका १३९, ललितपुरका १५ र भक्तपुरका १४ गरी उपत्यकामा १६८ सहित देशभर ५८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

११ हजार ५ सय २० जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्याका संक्रमित पुष्टि भएको प्रा.डा. गौतमको भनाइ छ । पछिल्लो २४ घन्टामा १६० आइसोलेसनबाट डिस्चार्ज भएको समेत उनले जनाएका छन् । पछिल्लो २४ घन्टामा कोरोना पुष्टि भएका थप ३ जनाको मृत्यु हुँदा कोभिड– १९ का संक्रमितको मृत्यु संख्या १०७ पुगेको उनले जनाएका छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/1724258401071528/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर