नेपालमा कोरोनाभाइरस महामारीका सबै ‘रेकर्ड’ तोडिएर भयावह स्थितिको संकेत देखिएको छ । हालसम्म २८,२५७ जनामा कोरोनाभाइरसको पुष्टि भएकामा यीमध्ये ११४ जनाको मृत्यु भैसकेको छ र १७,५८० जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् भने १०,५६३ जना विभिन्न अस्पताल तथा आ–आफ्नै घरमा समेत आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ गरी २०५ जनासहित देशभरबाट १,०१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिन देशभर यति धेरै र राजधानी उपत्यकामा यो संख्यामा पहिलो पटक संक्रमण पुष्टि भएको हो । यो विवरणले कोरोना महामारीसम्बन्धी नेपालका सबै ‘रेकर्ड’ तोडिदिएको छ ।
कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा गरी ७ जनाले ज्यान गुमाएका छन् । मंगलबार विभिन्न अस्पतालका आइसोलेसनबाट ८५ जना डिस्चार्ज भएर आ–आफ्नो घर गएका छन् । यो २४ घन्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/2713159078973532/