नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३०,४८३ पुगेको छ । यीमध्ये १३७ को मृत्यु भैसकेको छ, १८,२१४ आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गैसकेका छन् र १२,१३२ जना विभिन्न अस्पताल, आइसोलेसन सेन्टर तथा आ–आफ्नै घरमा आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १८२, ललितपुरमा २५ र भक्तपुरमा १ जना गरी २०८ सहित देशभरबाट थप ८३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो विवरणसँगै नेपालमा कोभिड– १९ का संक्रमितको संख्या ३० हजार नाघेको हो ।
पछिल्लो २४ घन्टामा २५० जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । यतिबेला कायम रहेका १२,१३२ सक्रिय संक्रमितमध्ये ८,५४६ जना संस्थागत आइसोलेसनमा र ३,५८६ जना होम आइसोलेसनमा रहेको प्रा.डा. गौतमले जनाएका छन् । पछिल्लो २४ घन्टामा थप ११ जना कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा १३,५७९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/243753580258358/