काठमाडौंमा ३७७ सहित थप ११११ मा कोरोना १८३ को मृत्यु, ३५,५२९ संक्रमित, २०,०७३ डिस्चार्ज (भिडियोसहित)काठमाडौं, १० भदौ ।नेपालमा करोनाभाइरसका संक्रमितको संख्या ३५,५२९ पुगेको छ । यीमध्ये १८३ जनाको मृत्यु भैसकेको छ भने २०,०७३ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् र १५,२७३ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ गरी राजधानी उपत्यकामा ३७७ सहित देशभरबाट ११११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो एक दिनमा ५६९ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर फर्किएका छन् ।
पछिल्लो २४ घन्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यतिबेला ९,४४८ जना देशभरका विभिन्न क्वारेन्टाइनमा रहेका छन् । देशभर ९,०६३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने ६,२१० जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घन्टामा १२,६२९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
भिडियाेमा हेर्नाेस् प्रवक्ता गाैतमकाे ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/3388819697835310/