नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४२,८७७ पुगेको छ । यीमध्ये २५७ जनाको मृत्यु भैसकेको छ भने २४,२०७ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् र १८,४१३ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ गरी राजधानी उपत्यकामा ४४५ सहित देशभर १२२८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३,४१३ जनाको पीसीआर परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९१७ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सक्रिय संक्रमितमध्ये १०,६७१ जना संस्थागत आइसोलेसनमा र ७,७४२ जना होम आइसोलेसनमा रहेको प्रवक्ता गौतमले जनाएका छन् ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/254086122308864/