newskoseli.Com

राजधानीमा ३९६ सहित थप ९०२ मा कोरोना : ३०६ को मृत्यु, ४८१३८ संक्रमित, ३२९६४ डिस्चार्ज (भिडियोसहित)

कुन–कुन जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित, कुन–कुन जिल्लामा शून्य ?

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४८,१३८ पुगेको छ । यीमध्ये ३०६ को मृत्यु भैसकेको छ भने ३२,९४६ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किएका छन् र १४,८६८ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १०१ महिला र १९९ पुरुष गरी ३०० जना, भक्तपुरमा २६ महिला र ३२ पुरुष गरी ५८ जना र ललितपुरमा २१ महिला र १७ पुरुष गरी ३८ जनासहित राजधानी उपत्यकामा मात्रै ३९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । र, देशभर ९०२ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोभिड– १९ संक्रमितको संख्या ३०६ पुगेको हो । र, यसअघि संक्रमण पुष्टि भएकामध्ये २,२८७ जना आइसोलेसनबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो २४ घन्टामा १०,६११ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जनाएका छन् । सक्रिय संक्रमितमध्ये ८,०५३ जना संस्थागत आइसोलेसनमा र ६,८१५ जना होम आइसोलेसनमा रहेका छन् ।

यतिबेला मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा ५०० जनाभन्दा बढी क्रमित संक्रमित रहेको र ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा शून्य संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता प्राडा गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/433042660990324/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर