नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ५०,४६५ पुगेको छ । यीमध्ये ३१७ जनाको मृत्यु भैसकेको छ र ३५,७०० जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् भने १४,४४८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४९५, भक्तपुरमा ४३ र ललितपुरमा ३४ गरी राजधानी उपत्यकामा ५७२ सहित देशभरबाट १,२४६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११,१४४ जनाको पीसीआर परीक्षण गर्दा यी संक्रमित पुष्टि भएका हुन् ।
यतिबेला ५,८०६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घन्टामा १,८१८ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गएका छन् भने थप ५ जना संक्रमितको मृत्यु भएको छ । सक्रिय संक्रमितमध्ये ८,०१० जना संस्थागत आइसोलेसनमा छन् भने ६,४३८ जना होम आइसोलेसनमा छन् ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/1005615133223572/