newskoseli.Com

पेरिसडाँडामा पहिलो पटक सत्ताधारी नेकपाको सचिवालय बैठक बस्दै

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो सम्पन्न भेटवार्तामा भएको सहमतिअनुसार शुक्रबार पेरिसडाँडास्थित पूर्वमाओवादीको कार्यालयमा पहिलो पटक सत्ताधारी नेकपाको सचिवालय बैठक बस्ने सहमति भएको हो ।

पार्टी एकताका बाँकी काम टुंगो लगाउने गरी अध्यक्षद्वयबीच छलफल भएको बालुवाटार स्रोतले न्युजकोसेलीलाई बतायो । पार्टीको पछिल्लो स्थायी कमिटीको बैठकले पारित गरेको प्रस्ताव कार्यान्वयनका विषयमा सचिवालय बैठकमा छलफल हुने स्रोतको भनाइ छ ।

यसअघि सचिवालयका अधिकांश बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमै बस्दै आएका थिए । पार्टी एकता अघि बढाउने क्रममा पेरिसडाँडामा समेत दुबै अध्यक्षको कार्यकक्ष स्थापना गरिए पनि सो कार्यालयमा पार्टीका कुनै पनि औपचारिक बैठकहरु बसेका छैनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर