newskoseli.Com

माओवादी कमान्डरविरुद्धको ‘रामहरि प्रकरण’ उल्ट्याइँदै !

राजधानीस्थित कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यासम्बन्धी तत्कालीन माओवादी कमान्डर गोविन्दबहादुर बटाला ‘जीवित’ विरुद्धको मुद्दामा सर्वोच्च अदालतले पुनः सुनुवाइ गर्ने भएको छ । न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको पूर्ण इजलासले उक्त मुद्दामा पुनरावलोकन गर्न बिहीबार अनुमति दिएपछि सो मुद्धाको फेरि सुनुवाइ हुने भएको हो ।

व्यापारी श्रेष्ठको हत्याका आरोपित बटालालाई अदालतले यसअघि सफाइ दिएकोमा असन्तुष्ट हुँदै भदौ २६ मा महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन निवेदन दिएको थियो । सोही निवेदनका आधारमा अदालतले पुनरावेदनको अनुमति दिएको हो ।

सो हत्यामा बटालाको प्रत्यक्ष संलग्नताको आधार र कारण नदेखिएको उल्लेख गर्दै न्यायाधीश तेजबहादुर केसी र टङ्कबहादुर मोक्तानको इजलाशले २०७६ फागुन १८ मा उनलाई सफाइ दिने आदेश जारी गरेको थियो । सो मुद्धामा अब फेरि सुनुवाइ हुने भएको खबर सरकारी समाचार एजेन्सी राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर