newskoseli.Com

‘शिष्टाचार’ को अनौठो प्रयोग : ‘कुहिनो जुधाएर’ गृहमन्त्री बादलले गरे चिनियाँ रक्षामन्त्रीको स्वागत !

चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे नेपाल आइपुगेका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले उनलाई त्रिभुवन विमानस्थलमा कुहिनो जुधाएर स्वागत गरे ।

विदेशी पाहुनाको आगमनमा ह्याण्डसेक गरेर (हात मिलाएर) स्वागत गर्नुपर्ने प्रचलन रहँदै आएकोमा कोभिड– १९ का कारण हात नमिलाई जोसुकैसँग पनि नमस्कार आदान–प्रदान गरी स्वागत गर्ने गरिएको छ । अहिले युरोप–अमेरिकातिर समेत नमस्कारको प्रचलन व्यापक हुँदै गएको छ । तर, नेपाली सभ्यता र शिष्टाचारको विधि नअपनाई गृहमन्त्री थापाले भने यसपटक कुहिनो जुधाउँदै अभिवादन गरेर ‘नयाँ प्रयोग’ गरे ।

चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री वेई फेंग्हेलाई गृहमन्त्री बादल, रक्षासचिव रेश्मिराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेलले स्वागत गरे । २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रक्षामन्त्री फेंग्हे आइतबार बिहान काठमाडौं उत्रेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर