newskoseli.Com

‘आक्रमण र ज्यानै तलमाथि हुन सक्ने’ ओलीको प्रचारबाजी : ‘सेन्टिमेन्ट’ बटुल्ने अन्तिम अस्त्र !

प्रधानमन्त्री खड्ग ओलीले सोमबार पोखरामा भाषण गर्दै आफूमाथि ‘भौतिक आक्रमण हुन सक्ने’ प्रचार गरे । ‘मेरो ज्यान नै तलमाथि भए पनि आश्चर्य नमान्दा हुने’ समेत उनले उल्लेख गरे । राज्यको सर्वोच्च कार्यकारी पदमा बहाल रहेका अनि चौबीसै घन्टा सम्पूर्ण सुरक्षा संयन्त्रको सर्वोच्च घेराभित्र उच्च सतर्कतामा चल्ने ओलीमाथि ‘सेक्युरिटी थ्रेट’ नै छ त ?

ओलीको उक्त प्रचारबाजीले यतिबेला आम जनता, सरोकारवाला निकाय र विज्ञहरूको ध्यान आकर्षित गरेको छ । आखिर ओलीले किन थाले त यस्तो प्रचारबाजी ? ‘प्रधानमन्त्रीज्यूको कुरा सुनेर आफूलाई आश्चर्य लागेको’ राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले बताए ।

उनी भन्छन्– ‘भारतमा इन्धिरा गान्धीले सन् १९७५ मा संकटकाल लगाएपछि उनीविरुद्ध मुद्दा चल्यो । बयान दिन जाँदा अदालतभित्रै छुरा हान्न खोजियो भनियो । पछि अनुसन्धान गर्दा त्यो बनावटी घटना रहेछ । देशका लागि यति गर्दागर्दै पनि हत्या गर्ने योजना बनाइयो भनेर ‘सेन्टिमेन्ट’ लिन नाटक गरिएको रहेछ । अनुसन्धानका क्रममा त्यो कुरा पुष्टि भयो । पक्राउ परेका व्यक्तिले मलाई यस्तो गर्नू भनेर लगाइएको थियो, आक्रमण नै गर्ने त कुनै योजना थिएन भनेर खुलासा गरेका थिए ।’

शर्माले अगाडि भने– ‘प्रधानमन्त्रीज्यूले पनि ममाथि ‘थ्रेट’ छ भन्नुभएको छ । त्यति धेरै सुरक्षा हुँदाहुँदै पनि उहाँले आफूलाई सुरक्षा ‘थ्रेट’ छ भन्नु लज्जास्पद हो । प्रधानमन्त्रीलाई कोबाट ‘थ्रेट’ छ त ? कि त उहाँलाई आफ्नै पार्टीका विपक्षी समूहबाट ‘थ्रेट’ हो । अर्को भनेको नयाँ नक्सा जारी गरेपछि भारतलाई ‘इन्डिकेट’ गरेको पनि हुन सक्छ । यी दुईवटा बाहेक अरू कोही पनि छैन । लोकप्रियता गुम्दै गएपछि देशका लागि केही गर्न खोज्दाखोज्दै मेरो हत्या गर्न खोजिएको छ भनेर सहानुभूति लिन खोजेको जस्तो लाग्यो । तर, यो राम्रो होइन । पार्टीभित्रको समीकरणलाई व्यवस्थापन गर्न नसकेर यो अवस्था आएको हो । उहाँले संसद् विघटन गरेपछि सम्पूर्ण सुरक्षा वातावरण बिग्रिएको छ । उहाँले सुरक्षा शक्तिलाई दोष दिने कुनै ठाउँ छैन । अरू कुरा बिक्री नभएपछि प्रधानमन्त्रीले आफूमाथि असुरक्षाको कुरा बोल्नुभएको हो ।’

प्रधानमन्त्री ओलीको हास्यास्पद प्रचारबाजीसम्बन्धी यो खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर