newskoseli.Com

पार्टी र संसदीय दलमा आधिकारिकता दाबीको पत्र बोकेर संसद् सचिवालय पुगे प्रचण्ड–माधव–झलनाथ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत (प्रचण्ड–माधव) पक्षले संसदीय दलमा आफूहरुले नेतृत्व गरेको पक्ष नै आधिकारिक पार्टी रहेको दाबी गर्दै संसद् सचिवालयमा पत्र बुझाएको छ ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नवनिर्वाचित नेता प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, पार्टीका वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री एवं सांसद झलनाथ खनाल, प्रमुख सचेतक देव गुरुङलगायतको टोलीले आइतबार संसद सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमै पुगेर बहुमत सांसदहरू र बहुमत केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहितको पत्र बुझाएका हुन् । उक्त समूहले दलको नेताबाट खड्ग ओलीलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरिसकेको जानकारी समेत संसद सचिवालयलाई दिएको छ ।

उनीहरुले आइतबारै सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर सोही व्यहोराको जानकारी गराएका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्नुअघि प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक सकिएलगत्तै सांसदहरु दलको नेतामा प्रचण्डलाई चयन गरिएको र केन्द्रीय समितिको अध्यधिक बहुमतका आधारमा आधिकारिक पार्टी समेत आफूहरु नै रहेको जानकारी महासचिव गौतमलाई दिन संसद् सचिवालय पुगेका हुन् । सो पत्र दर्ता गर्ने कि नगर्ने भन्‍नेबारे छलफल भइरहेको सचिवालय स्राेतले जनाएको छ ।

न्युजकोसेलीको भिडियो च्यानल पनि हेर्नोस्–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर