newskoseli.Com

ओलीसँग बिच्किए विप्लव : अझै किन छुटेनन् १३३ राजबन्दी ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । विप्लवसहितको टोलीले सोमबार प्रधानमन्त्री खड्ग ओलीलाई भेटेर सरकारसँग भएको तीनबुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको छ ।

‘प्रतिबन्ध’ फुकुवापछि प्रहरी हिरासतमा भएका केहीबाहेक अधिकांश छुटिसकेका छन् । अदालतको आदेशमा पुर्पक्षका क्रममा भएका १ सय २६ जना विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन् । प्रहरी हिरासतमा भएका ७ जना अझै छुट्न बाँकी छन् । भेटमा प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएर सहमतिअनुसार बन्दी रिहा र मुद्दा फिर्ता गर्दै लगिने प्रतिबद्धता जनाएको नेकपाका केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले बताए ।

२०७५ फागुन २८ मा ‘प्रतिबन्ध’ लगाएपछिको दुई वर्षमा विप्लव नेकपाबाट ४ सर्वसाधारण र सुरक्षा कारबाहीमा उक्त पार्टीका ४ जनाको ज्यान गएको थियो । ‘प्रतिबन्ध’ फुकुवापछि नेपाल कम्युनिस्ट पार्टी समेत ‘मूलधारको राजनीति’ मा आइसकेको दावी गरिएको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर