newskoseli.Com

मेलम्चीमा अझै थामिएन बाढी : शुक्रबार राति ढल्यो प्रहरी कार्यालय

सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढीले विनाश गर्ने क्रम शुक्रबारसम्म पनि जारी नै रहेको छ । बुधबार आएको बाढीबाट खासै क्षति नपुगेको हेलम्बु इलाका प्रहरी कार्यालयको भवनलाई मेलम्ची खोलामा शुक्रबार बढेको बाढीले भत्काइदिएको छ ।

शुक्रबार साँझ पानी पर्न थालेपछि मेलम्ची खोलामा बाढी बढेको थियो । बुधबार मेलम्ची खोलामा ठूलो बाढी आएपछि चौकीका सबै सामान अन्यत्रै सारिसकिएको थियो । त्यसपछि शुक्रबार आएको बाढीले हेलम्बु गाउँपालिका– २, किउलस्थित प्रहरी कार्यालय ढलाइदिएको छ ।

शुक्रबार बिहान देखिएकाे हेलम्बु प्रहरी कार्यालय भवन

यतिबेला प्रहरी कार्यालय भने माथिल्लो भेगको एउटा भाडाको घरमा सारिएको छ । मंगलबारदेखि आएको बाढीले हेलम्बु गाउँपालिकादेखि मेलम्ची बजारसम्म निकै ठूलो क्षति गराएको छ । बुधबार राति भयंकर रुप लिएको बाढी अझैसम्म पनि घट्ने–बढ्ने भइरहेको स्थानीयवासीले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर