newskoseli.Com

यी हुन् माधवको नयाँ पार्टीमा लाग्ने एमाले केन्द्रीय सदस्यहरू (नामावलीसहित)

एमाले अध्यक्ष खड्ग ओलीको निरन्तर विभेदपूर्ण, अलोकतान्त्रिक, अन्यायपूर्ण र अत्याचारी व्यवहारबाट आजित भएपछि बुधबार सो पार्टी विभाजित हुन पुगेको नवगठित पार्टीका नेताहरूकाे भनाइ छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको नेतृत्वमा लामो समयदेखि एमालेभित्रै अन्तर्संघर्ष गरेका एमालेका ५८ केन्द्रीय सदस्यहरूले ओली समूहसँग निर्णांयक सम्बन्ध–विच्छेद गर्दै नयाँ पार्टी गठन गरेका छन् ।

एमालेको पछिल्लो महाधिवेशन (नवौं महाधिवेशन) बाट निर्वाचित भएका र हालसम्म निर्वाचन आयोगको रेकर्डमा कायम रहेका अध्यक्षसहितका जम्मा २०३ केन्द्रीय सदस्यमध्येका ५८ जना (२८.५७ प्रतिशत) र थप ३७ जना समावेश गरी ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी–लेनिनवादी (समाजवादी)’ काे ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएकाे छ । साेही कमिटीलाई माधवकुमार नेपालको अध्यक्षतामा झलनाथ खनाल वरिष्ठ नेता रहने गरी दर्ता गराउन निर्वाचन आयोगमा निवेदन दिइएकाे छ ।

यी हुन् माधव नेपाल नेतृत्वको नयाँ पार्टीका केन्द्रीय सदस्यहरू

यो पनि पढ्नुहोस्–
अन्ततः फुट्यो एमाले : माधव नेपालको नेतृत्वमा ‘नेकपा एमाले (समाजवादी)’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर