newskoseli.Com

उपचारका निम्ति थाइल्याण्डबाट चीन पुर्‍याइए माओवादी नेता वर्षमान

नेकपा(माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट चीन लगिएका छन् । नेता पुनका स्वकीय सचिव एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाईंका अनुसार उनलाई शुक्रबार थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।

डेढ महिनादेखि थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचार भइररत पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि त्यहाँकै चिकित्सको सुझावका आधारमा चीनको सेनजेन पठाइएको हो । नेता पुन जटिल खालको जण्डिसबाट पीडित छन् । नेता पुनसँगै उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पनि बैंककबाट सेनजेन गएका छन् ।

शुक्रबारैदेखि चीनमा उनको स्वास्थ्योपचार सुरु हुने बताइएको छ । नेता पुनलाई असोज १३ मा बैंकको समितिभेज अस्पताल भर्ना गरिएको थियो । नेता पुनको थप उपचारका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहल गरिरहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर