newskoseli.Com

विपद्ले खानेपानी आयोजना समयमै सम्पन्न गर्न सकस

कोरोना र प्राकृतिक प्रकोप खेपेका काभ्रेका दुई ठूला खानेपानी आयोजनालाई पुनःकोरोनाको जोखिम प्रक्षेपणले निकै सास्ती दिनेमा चिन्ता व्यक्त गर्न थालिएको छ । कोरोनाको जोखिमका कारण दुई वर्ष धकेलिएको तेमाल बृहत् खानेपानी उपभोक्ता समिति यतिबेला द्रुतगतिमा आयोजना सक्ने दौरानमा छ ।

बृहत् पाँचखाल खानेपानी आयोजनाको काम पनि कोरोनाको तेस्रो लहरले प्रभावित बनाउनेमा स्थानीय उत्तिकै चिन्तित देखिएका छन् । पुनःकोरोनाको लहरको प्रषेपणले सताउन थालेकाले कामलाई थप तीव्रता दिएको तेमाल बृहत् सुख्खा–क्षेत्र खानेपानी सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजीत लामाले जानकारी दिए । “आयोजनाको ९५ प्रतिशत काम सकिएको छ, ह्वात्तै कोरोनाको जोखिम बढे, यो वर्षको लक्ष्य पनि पूरा हुँदैन”, उनले भने ।

उनका अनुसार कोरोनाका कारण दुई वर्ष आयोजना धकेलिए पनि आगामी मङ्सिरमा तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको छ । आयोजनालाई गत असार र साउनमा इन्द्रावती नदीमा आएको बाढीले समेत ठूलो क्षति पुर्याएको थियो । बाढीले मुहानलगायतमा क्षति पुर्याएको उक्त खानेपानी आयोजनाका संरचना मर्मत, पुनःनिर्माण एवं सुरक्षित गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

लिटिङ प्रविधिका पाँचखाल खानेपानीको मुहान इन्द्रावती नदी किनार र तेमाल खानेपानीको मुहान सुनकोशी नदी किनारमा छन् । यो वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल –२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेंसीका कटान सुरु गरेको थियो । यससँगै यही साउन १७ र १९ गतेको बाढीले क्षति पुर्याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कको जोखिमलाई हाल सुरक्षित गरिएको हो ।

“यो वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा लाखौँको पुर्याएको थियो, हामीले मर्मत, पुनःनिर्माण तथा सुरक्षित बनाउने कामको अन्तिम चरणमा छौँ”, उनले भने । उनका पुर्याएको थियो । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कारोना महामारीका कारण कामको निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पुर्याउँदा केही धकेलिएको हो । अध्यक्ष लामाका अनुसार हाल खानेपानी वितरणको पाइपलाइन बिछ्याइने कार्य भइरहेको छ । “विपद्ले नरोके आउँदो चैतभित्र खानेपानी वितरण गर्नेगरी तीव्रगतिमा काम गरिरहेका छौँ”,उनले भने । भुकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको बताइन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर