नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा साेमबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने सङ्क्रमण देखिएको छैन ।
नेपालमै समेत ओमिक्रोन भाइरस देखिइसकेकाले भिडभाड नगर्न र स्वास्थ्यको मापदण्ड अपनाउन स्वास्थ्य सचिव डा. पोखरेलले सबैसँग आग्रह गरेका छन् । यसअघि भारतमा पनि ओमिक्रोन भेरियन्ट देखिएको थियो ।