newskoseli.Com

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका कालिकोटका नारायणप्रसाद भट्टराई तथा बागलुङका मणिभद्र शर्मा कँडेल र प्रकाश शर्मा पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय भट्टराईले कालीकोटबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनि नेपाल तरुण दलको पूर्व केन्द्रीय सदस्यसमेत छन् । ‘कांग्रेसलाई नयाँ बाटोमा लैजान मेरो उम्मेदवारी हो’, भट्टराईले भने । नरहरिनाथ गाउँपालिका घर भएका उनले कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि छन् ।

मन्त्री कँडेल र नेता पौडेलद्वारा उम्मेदवारी घोषणा

बागलुङबाट गण्डकी प्रदेश सरकारमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन् ।

कार्यकर्ताको भावना र चाहनाअनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको कँडेल र पौडेलको भनाइ छ । कँडेल गण्डकीमा समानुपातिक प्रदेशसभा सदस्य छन् भने पौडेल संविधानसभा सदस् रहेका छन् । दुवै जना कांग्रेस बागलुङको पूर्वसभापतिसमेत छन् । उनिहरू बागलुङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर