newskoseli.Com

माओवादीको प्रदेश समितिमा महिला ३५, युवा २० प्रतिशत सुनिश्चित

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यही मङ्सिर २५ र २६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका बारेमा जानकारी दिन माओवादी पार्टीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज हितराज पाण्डेले महिला, युवा, दलितलगायतलाई पार्टी कमिटीमा प्राथमिकता दिने पार्टी नीति रहेको बताए ।

उहाँले १८ देखि ४० वर्षसम्मका युवालाई धेरैभन्दा धेरै पार्टी कमिटीमा जिम्मेवारी दिइने बताउनु भयो । यसका साथै दलित १९ प्रतिशत र मुस्लिम तथा सीमान्तकृतको सहभागितासहित प्रदेश समितिमा सुनिश्चिता गरिएको बताउनु भएको छ । अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक–एक गरी सात सदस्सीय पदाधिकारीसहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित हुने माओवादीले जनाएको छ । प्रदेशको प्रथम अधिवेशन विशेषगरी विचार निर्माण र सङ्गठनात्मक काममा मुख्य केन्द्रित हुने बताइन्छ ।

प्रदेश इन्चार्ज पाण्डेले भने,‘माओवादी केन्द्रलाई गण्डकी प्रदेशमा प्रमुख शक्तिका रूपमा स्थापित गर्ने गरी सङ्गठनात्मक कामलाई कसरी अघि बढाउने भन्नेबारेमा अधिवेशनमा गहन छलफल गने, अधिवेशनमा विशेषगरी विचार निर्माण र समाजवादको मोडलका बारेमा छलफलमा बढी केन्द्रित हुनेछ र नयाँ नेतृत्व चयन गरिनेछ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर