newskoseli.Com

४५ सदस्यीय एमाले स्थायी कमिटीमा को–को ? (नामावलीसहित)

नेकपा (एमाले) केन्द्रीय कमिटीको आइतबारको बैठकले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । १९ पदाधिकारीसहित थप २६ जना समावेश गरी स्थायी कमिटी गठन गरिएको हो ।

स्थायी कमिटीमा १९ पदाधिकारीबाहेक घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीमप्रसाद आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशिनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थाममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे र हिक्मत कार्की रहेका छन् ।

पूर्वमाओवादीतर्फका रामबहादुर थापा र लेखराज भट्ट र टोपबहादुर रायमाझी पदाधिकारीमा छन् भने थप मणिचन्द्र थापा र प्रभु साह समेत स्थायी कमिटीमा समेटिएका छन् ।

यो पनि पढ्नुहोस्–
एमाले केन्द्रीय कमिटी बैठक : दुर्गा प्रसाईंसहित केन्द्रीय कमिटीमा थपिए को–को ?
९९ सदस्यीय एमाले पोलिटब्युरोमा को–को ? (नामावलीसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर