newskoseli.Com

माओवादी सम्पर्क प्रदेश समितिमा लमजुङबाट २ महिलासहित ६ जना

नेकपा (माओवादी केन्द्र) का ७ भौगोलिक र ३ गैरभोगोलिक गरी १० प्रदेश समितिहरूको प्रथम प्रदेश सम्मेलनको शनिबार एकै दिन भर्चुअल माध्यमबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदघाटन गरे । आइतबारसम्म चलेका दसै वटा प्रदेश सम्मेलनले सबै प्रदेश कमिटीहरूको निर्माण गरेको छ ।

मंसिर २५ र २६ मा सम्पन्न प्रदेश सम्मेलनहरूले कतिपय प्रदेशमा पदाधिकारीसहित पूर्ण प्रदेश कमिटीहरू चयन गरिसकेको छ भने कतिपय प्रदेशमा प्रदेश सदस्यहरू चयन भएका छन् र तिनै सदस्यहरूले पदाधिकारी चयन गर्ने तयारी भइरहेको माओवादी केन्द्रले जनाएको छ । सोही सम्मेलनले नुवाकोटका माओवादी नेता श्रीकृष्ण अधिकारी ‘विवेक’ को अध्यक्षतामा सम्पर्क समन्वय प्रदेश समिति चयन गरेको छ ।

सम्मेलनले लमजुङबाट राजधानी आई विभिन्न पेशा–व्यवसाय र अध्ययन गरी बसेकाहरूमध्येका ६ जनालाई सम्पर्क समन्वय प्रदेश समितिमा चयन गरेको छ । यीमध्ये एकजना सल्लाहकार समिति सदस्य र एकजना लेखा समिति सदस्य तथा चारजना कार्यसमिति सदस्यमा चयन भएका छन् ।

केकपा (माओवादी केन्द्र) को सम्पर्क समन्वय प्रदेश समितिमा लमजुङबाट ईश्वरप्रसाद न्यौपाने सल्लाहकार समिति सदस्य र गोपाल न्यौपाने लेखा समिति सदस्यमा चयन भएका छन् । त्यसैगरी, कार्यसमिति सदस्यमा डीबी मजाकोटी, गुणराज घिमिरे, सावित्रा कोइराला (महिला तर्फबाट) र गोमा कुताल (महिला तर्फबाट) चयन भएको जानकारी लमजुङ–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष अर्जुन मंग्रातीले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर