newskoseli.Com

माओवादी महाधिवेशन : बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल

नेकपा (माओवादी केन्द्र) ले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल चयन गरेको छ । अध्यक्ष मण्डलको चयनसँगै बन्दसत्रको कार्यक्रम सुरु भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार केही थप प्रतिनिधिको बारेमा निर्णय गर्नुपरेकाले बन्द सत्र सञ्चालनमा केहीबेर ढिलाइ भएको हो । सुरुमा १ हजार ६ सय ३१ जना प्रतिनिधि रहने भनिएकामा त्यो बढेर १ हजार ७ सय पुगेको छ । स्थायी समितिको बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको थियो ।

अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, रुपा महर्जन, परशुराम रम्तेल, परशुराम तामाङ र पूर्णाकुमारी सुवेदी छन । बन्दसत्रमा अध्यक्ष प्रचण्डको विभिन्न सात बुँदामा समेटिएको ‘एक्काईसौं शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुनेछ । नेता देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर