विद्यार्थीका लागि अप्ठ्यारो विषय भनेर चिनिने अङ्ग्रेजी, गणित र विज्ञान विषयको सिकाइलाई प्रभावकारी बनाउन त्रिशुलीका १० विद्यालयमा भर्चुअल कक्षा सञ्चालन हुने भएको छ ।
जिल्लामा शैक्षिक जनशक्ति विकास केन्द्रले सो कक्षा सञ्चालन गर्ने भएको हो । जिल्लामा १० विद्यालयमा यसै आवदेखि कक्षा स्थापना गरी कक्षा सञ्चालनको तयारी भइरहेको जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी सुकदेव नेपालले जानकारी दिएका छन् । रासस