newskoseli.Com

माछा महोत्सव हुँदै

विभिन्न माछाका परिकारको स्वाद चखाउने र उत्पादन बढाउने उद्देश्यले काठमाडौंमा बिहीबारदेखि तेस्रो राष्ट्रिय माछा महोत्सव सुरु हुँदैछ ।

नेपाल मत्स्य व्यवसायी सङ्घले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका महासचिव जोगेन्द्र महत्तोले महोत्सवमा पङ्गासिएस, कार्प, रहु, नैनी, भाकुर, र विदेशी जातमा कमन, सिल्भर, बिगहेड, र ग्रासकार्प जातका जिउँदा माछाको बिक्री तथा माछाका विभिन्न परिकार उपभोक्तालाई खुवाइने बताए ।

‘स्वदेशी माछा खाऔंँ, स्वस्थ्य रहौं अभियानकासाथ भृकुटीमण्डपमा आयोजना हुने सो महोत्सवमा माछासँग सम्बन्धित औजार उपकरण तथा दाना, औषधि कम्पनी, सरकारी तथा गैर सरकारी संस्था एवम् अन्य कृषि उपजका गरी ४० वटा कक्ष रहने छन् । महोत्सवको कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले माछा खाएर शुभारम्भ गर्ने छन्  ।

सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले महोत्सवमा माछा नखानेलाई  १ सय र परिकारको स्वाद लिनेलाई  २ सय ५० प्रवेश शुल्क तोकिएको जानकारी दिए । महोत्सवमा सहभागी प्रतिस्पर्धी मध्ये प्रथम, द्धितीय, तृतीय र सान्तवनालाई क्रमशः  ५० हजार रूपैयाँ,  ४० हजार रूपैयाँ,  ३० हजार रूपैयाँ र २० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उक्त महोत्सव मङ्सिर १३ गतेसम्म चल्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर