newskoseli.Com

९ सय क्विन्टल जडीबुटी निकासी

जिल्लाबाट आव २०७२/७३ मा ९ सय ७९ क्विन्टल जडीबुटी निकासी भएको छ । जिल्ला वन कार्यालयका अनुसार विभिन्न स्थानबाट सो परिमाणको जडीबुटी निकासी भएको हो । गत आवमा रिट्ठामात्रै १ लाख ३४ हजार ५ सय किलो निकासी भएको छ ।

यस्तै चुत्रो ६ हजार ३ ३ किलो, तेजपात ३४ हजार ४ सय  किलो, काउलो १९ हजार ७ सय किलो, अमला २० हजार ६ सय किलो, पाखनवेद १४ हजार ९ सय किलो, सुगन्धवाल १ हजार १ सय ५० किलो र बोझो १ सय किलो निकासी भएको जिल्ला सहायक वन अधिकृत अमर बुलनले जानकारी दिए ।

नागरिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित जिल्लामा रिट्ठा प्रशोधन उद्योग स्थापनाको तयारी गरिएको छ । कैलाश पवित्र भू–परिधि संरक्षण तथा विकास पहल कार्यक्रमले गरेको अध्ययनअनुसार जिल्लामा वार्षिक ४ सय ४० टन रिट्ठा उत्पादन हुन्छ ।

उत्पादन भएको रिट्ठालाई प्रशोधन गर्नका लागि उद्योग स्थापना गर्न सके स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन सकिने जिल्ला वन अधिकृत प्रभात सापकोटा बताउछन् ।

जिल्लाको गोकुलेश्वर क्षेत्र, पाटन नगरपालिका, च्वाँगढ क्षेत्रलगायतका ठाउँमा रिट्ठा बढी मात्राममा उत्पादन हुन्छ । “रिट्ठाबाट उत्पादन हुने पाउडरको बजार सम्भाव्यताका विषयमा अध्ययन भइरहेको छ,” उनले भने । जिल्लामा गैरकाष्ठ वनपैदावारमा आधारित उद्योग स्थापनाका लागि सबैसँग पहल भइरहेको अधिकृत सापकोटाले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर