एउटै याममा स्कुस बेचेर सूर्योदय नगरपालिका– ९ गैरीगाउँका ४१ वर्षीय ताराकुमार तामाङले आम्दानी गरेका छन् । यस वर्ष उनले १ हजार ४ सय क्विन्टल स्कुस बिक्री गरेका छन् ।
झापाको चारआली तथा भारतको सिलगुडी बजार लगेर उनले स्कुस बिक्री गरेका हुन् । सुरुवातमा तामाङले प्रतिमन १ हजार २ सय रूपैयाँमा बिक्री गरेका थिए ।
१५ रोपनी जमिनमा उनले व्यावसायिक रुपमा स्कुसखेती गर्दै आएका छन् । ऋण काढेर २० हजारको लगानीमा तरकारी खेती गरेककाे उनले स्कुस बेचेर १८ रोपनी जमिन किन्न सफल हुनु भएको छ । “यस वर्ष मुन्टा बिक्रीबाट मात्रै ३० हजार रूपैयाँ आम्दानी भयो,” उनले भने । गत वर्ष स्कुसको जरा बिक्री गरी १ लाख २० हजार रूपैयाँ आम्दानी गरेका थिए ।
सूर्योदय नगरपालिका– ९ का अधिकांश किसानले स्कुसबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाका प्रत्येकले कम्तीमा ३ रोपनीदेखि २० रोपनी जमिनमा स्कुसखेती गर्दै आएका छन् ।
यातायातको सहज सुविधा भएको उक्त वडामा स्कुस खरिद गर्नका लागि व्यापारी घरैसम्म पुग्ने गरेका स्थानीयवासी मात्रिका दाहाल बताउछन् । चियाखेतीलाई पनि सँगसँगै अङ्गालेका उक्त क्षेत्रका किसानको आर्थिक अवस्था उकास्न स्कुसखेतीले मद्यत पुर्याएको छ ।