newskoseli.Com

अनुदानमा च्याउको बीउ वितरण

जिल्ला कृषि विकास कार्यालयले आव २०७३/७४ को प्रथम चौमासिकमा ५० प्रतिशत अनुदानमा कृषकलाई ७ सय बोत्तल च्याउको बीउ वितरण गरेकोे छ ।

कृषि सेवा केन्द्र घोडागाउँले ५० बोत्तल, सुलिचौरले १ सय २०, होलेरीले १ सय, इरिबाङले १ सय, जङ्कोटले ६०, जिनाबाङले ५० र जिल्ला कृषि विकास कार्यालयले विभिन्न गाविसमा २२० बोत्तल च्याउको बीउ वितरण गरेको छ । कृषकको सहजताका लागि कृषि सेवा केन्द्रमार्फत बीउ वितरण गरिएको निमित्त कार्यालय प्रमुख भगवतीप्रसाद कवरले जानकारी दिए ।

उन्नत प्रविधिको प्रयोग गरी च्याउखेती गर्नका लागि कार्यालयले सम्बन्धित कृषकलाई तालिम समेत प्रदान गरेको छ । पछिल्लो समयमा च्याउखेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर