अखिल नेपाल किसान महासङ्घले विहिबारबाट २ दिने व्याख्यात्मक अङ्ग्रेजी अनुवादसम्बन्धी तालिम सञ्चालन सुरु गरेको छ ।
महासङ्घका सचिव दाताराम खनालले तालिम शुभारम्भ गर्दै यस्ता तालिमले नेपालमा भएका किसान अन्दोलन र किसानका विषयमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सहयोग पुर्याउने बताए ।
महासङ्घका केन्द्रीय सदस्य प्रा डा केशव खनालले अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले सोही भाषाका माध्यमबाट मात्रै नेपालका गतिविधि विश्वमा पुर्याउन सकिने बताए। तालिमको मुख्य प्रशिक्षकमा अन्तर्राष्ट्रिय संस्था लाभिया क्याम्पेसिनाको केटी विडोन हुने।