सत्ताधारी नेकपाभित्र विभाजनको डिलमा पुग्नेगरी चर्किइरहेको विवादका बीच कार्यकारी अध्यक्ष पुष्पकमल दाहा ‘प्रचण्ड’ सहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सम्मिलित बहुमत पक्षले विवादका पछिल्ला लिखतहरूलाई पुस्तिकाका रूपमा प्रकाशन गरेर पार्टीपंक्तिमा देशभर बाँडेको छ ।
२८ कात्तिकको सचिवालय बैठक बस्न नमानिरहेका अर्का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीलाई बैठक बस्ने कुरामा सहमत हुन आग्रह गर्दै पाँच शीर्ष नेताले लेखेको पत्र, त्यसको प्रत्त्युत्तरमा प्रचण्डलाई सम्बोधन गर्दै र सचिवालयका अरू सबैलाई बोधार्थ दिँदै ओलीले लेखेको पत्र, त्यसको प्रत्त्युत्तर फर्काउँदै अध्यक्ष प्रचण्डले ओलीलाई सम्बोधन गर्दै र सचिवालयका अरु सबैलाई बोधार्थ दिँदै लेखेको पत्र तथा २८ कात्तिकको बैठकमा पाँच नेताका तर्फबाट प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ता संलग्न गरी पुस्तिका तयार पारिएको हो । ‘अध्ययनका निम्ति’ भन्दै पार्टीपंक्तिमा सो पुस्तिका बाँडिएको हाे ।
प्रचण्ड–नेपाल पक्षद्वारा वितरित दस्तावेज–पुस्तिका, जस्ताको तस्तै–