newskoseli.Com

को–को हुन् ओलीविरूद्ध अविश्वास दर्ता गर्ने ९० सांसद ? (नामावलीसहित)

प्रधानमन्त्री खड्ग ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद् (प्रतिनिधिसभा) विघटन गरी ०७८ वैशाख १७ र २७ गरी दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभन्दा ४ घन्टा अगाडि नै सत्ताधारी दलकै प्रतिनिधिसभाका बहुमत (९० जना) सांसदहरूले प्रधानमन्त्री ओलीविरूद्ध संघीय संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराइसकेका रहेछन् ।

प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भैसकेपछि संसद् विघटन गर्न नपाइने वा हुन नसक्ने कानुनी प्रावधान र विगतको अभ्यास समेत रहिआएको छ । यद्यपि नेपालको वर्तमान संविधानले नै संसदबाट प्रधानमन्त्री चुनिन सक्ने अवस्था कायम रहँदारहँदै संसद् विघटन र मध्यावधि चुनावको घोषणा गर्न नपाइने व्यवस्था गरेको छ । यिनै दुई कमजोरीका कारण संसद् विघटन गर्ने प्रधानमन्त्री–राष्ट्रपतिको कदम स्वतः असंवैधानिक र अवैध पुष्टि हुन आउँछ ।

कानुनविद् र सरोकारवालाहरूले सरकारी यो कदमलाई चुनौती दिएर सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरिरहेकै छन् । त्यसपछि हुने संवैधानिक परीक्षणपश्चात ओली–विद्याको कदम खारेज हुने पक्कापक्कीजस्तै देखिइरहेको छ । यसै सन्दर्भमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका रूपमा प्रस्तावित गर्दै ओलीका विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने सांसदहरू को–को हुन् त ?

प्रस्तुत छ हस्ताक्षरसहितको सांसद नामावली–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर