सत्ताधारी नेकपा (एमाले) का २७ सहित नेपाली कांग्रेस्र, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का १४९ सांसदले एमाले अध्यक्ष खड्ग ओलीको विकल्पमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्नुपर्ने मागदावी गर्दै राष्ट्रपति कार्यालयमा दावीपत्र दर्ता गराएका छन् ।
एमालेकै अध्यक्ष ओलीले समेत फेरि प्रधानमन्त्री आफैं बन्नुपर्ने दावी दर्ता गराइरहेका बेला ओली नभई देउवा प्रधानमन्त्री बन्नुपर्ने पक्षमा हस्ताक्षर गर्ने एमाले सांसद् को–को हुन् भन्नेबारे सर्वत्र जिज्ञासा छ ।
यी हुन् ओलीविरुद्ध देउवाका पक्षमा हस्ताक्षर गर्ने एमालेका २७ सांसद–
१. झलनाथ खनाल
२. पवित्रा निरौला खरेल
३. भवानी खापुङ
४. यज्ञराज सुनुवार
५. गणेश पहाडी
६. विरोध खतिवडा
७. कृष्णलाल महर्जन
८. माधवकुमार नेपाल
९. जीवनराम श्रेष्ठ
१०. नारायण खतिवडा
११. घनश्याम भुसाल
१२. गोकर्ण विष्ट
१३. सोमप्रसाद पाण्डे
१४. मेटमणि चौधरी
१५. झपट रावल
१६. भीमवहादुर रावल
१७. दिपकप्रकाश भट्ट
१८. सुरेन्द्र पाण्डे
१९. रामकुमारी झाँक्री
२०. सरला यादव
२१. पुष्पाकुमारी कर्ण
२२. कल्याणी खड्का
२३. निरादेवी जैरु
२४. कलिला खान
२५. लक्ष्मीकुमारी चौधरी
२६. मुकुन्द न्यौपाने
*२६ हुनुपर्नेमा २७ भएकाले शीर्षक सच्याइएकाे ।