newskoseli.Com

संवैधानिक इजलास नछाड्ने र छाडिदिने २–२ न्यायाधीशको दावी/आदेशमा के छ ? (पूर्णपाठ)

दोस्रो पटक गरिएको प्रतिनिधिसभा ‘विघटन’ विरूद्धको मुद्दा सुनुवाइका लागि गठन भएको संवैधानिक इजलाका ‘विवादास्पद’ दुई न्यायाधीशको ‘नैतिकता’ मा आधारित भएर अघिल्लो शुक्रबारदेखि चलेको विवादले मंगलबार नयाँ ‘ट्विस्ट’ लिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गठन गरेको ५ सदस्यीय इजलासका बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलास छाड्नुपर्ने रिटपक्षीय कानुन व्यवसायीको माग न्यायाधीशद्वयले अस्वीकार गरे ।

त्यसपछि न्यायाधीशद्वय दिपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरू संवैधानिक इजलासमा नरहने गरी अलग भएको घोषणा गरे । मंगलबार न्यायाधीशद्वय कार्की र भट्टराइले संवैधानिक इजलासमा धारणा राख्दै न्याय प्रक्रियाअन्तर्गत परिणाममा मात्र नभई प्रक्रियामा समेत निष्पक्षता हुनुपर्ने भएकाले आफूहरु इजलासबाट अलग हुने बताए ।

विस्तृत जानकारीका लागि यो समाचार पढ्नुहोस्–
संवैधानिक इजलासमा नयाँ ‘ट्विस्ट’ : वरिष्ठताका आधारमा अर्कै बेञ्च, सुनुवाइ सुरू २३ जेठदेखि मात्रै

यस्तो छ इजलास छाड्न नमान्ने र आफैं छाडिदिने २–२ न्यायाधीशको दावी/आदेश–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर