नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक शनिबारदेखि राजधानीमा सुरु भएको छ । बैठकमा छलफल गरी पारित गराउनका निम्ति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८ पृष्ठको प्रस्ताव केन्द्रीय सदस्यहरुलाई वितरण गरेका छन् ।
समसामयिक राजनीति, वर्तमान सरकार, पार्टीको तत्कालीन कार्यनीति, तल्ला तहदेखि केन्द्रसम्मका सम्मेलनलगायतका विषयमा प्रचण्डले सोही प्रस्तावमा विषयवस्तुको उठान गरेका छन् । अझै केही दिन चल्ने सो पार्टीको बैठकले यसै प्रस्तावमाथि छलफल गरी निर्णय लिने बताइएको छ ।