newskoseli.Com

स्वदेश फिर्तीसँगै अपिल जारी गर्दै के भने देउवाले ?

लामो समयदेखि विदेशमा रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आजै स्वदेश फर्किएका छन् । झन्डै पाँच महिना लामो स्वास्थ्योपचारपछि स्वदेश फर्किएसँगै उनले अपिल जारी गर्दै देउवाले देउवाले आफू कुनै पद वा शक्तिको प्राप्तिका लागि नभई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र युवा पुस्ताको भावनालाई सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अपिलमार्फत देउवाले भनेका छन्– ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ ।’ वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको समेत सभापति देउवाले आरोप लगाएका छन् । सरकारले जनताको मतलाई कदर गर्न नसकेको र राजनीतिक आग्रह एवं पूर्वाग्रहमा मात्र केन्द्रित भएको देउवाको तर्क छ ।

‘ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन’– देउवाले अपिलमा लेखेका छन् । युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीडालाई कांग्रेसले नजिकबाट बुझेको समेत उनले उल्लेख गरेका छन् ।

यस्तो छ देउवाद्वारा जारी अपिलको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर